एकदिवसीय खेलमा भारतले बंगलादेशलाई पराजित

  • २६३
  • बुधबार, १५ जेठ २०७६

काठमाडौं | एकदिवसीय विश्वकपअघि भएको वार्मअप खेलमा भारतले बंगलादेशलाई पराजित गरेको छ।

मंगलबार राति सकिएको खेलमा भारतले बंगलादेशलाई ९५ रनले पराजित गरेको हो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय ५९ रन बनायो। उसका लागि लोकेश राहुलले १ सय ८ रन र महेन्द्रसिंह धोनीले १ सय १३ रन जोडे।

जवाफी ब्याटिङ गरेको बंगलादेश ३ बल खेल्न बाँकी छदा २ सय ६४ रनमा अलआउट भयो। बंगलादेशका लागि मुस्फिकर रहिमले ९० रन र लिन्टन दासले ७३ रनको योगदान दिए। बलिङमा भारतका कुलदिप यादव र युजभेन्द्र चाहलले ३/३ विकेट लिए। जसप्रित बुमराहले २ विकेट हात पारे।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.