बजार खुलेको १ घण्टामै ४५ करोडभन्दा बढीको कारोबार

  • १७५
  • बिहीवार, १६ जेठ २०७६

काठमाडौं ।आगामी आर्थिक वर्ष २०७६/७७ का लागि बजेट विनियोजन भएको भोलिपल्ट बिहीबार पुँजी बजारमा सकारात्मक प्रभाव देखिएको छ।

कारोबार सुरु हुनेबित्तिकै नेपाल स्टक एक्सचेञ्ज नेप्से उकालो लाग्न सुरु भएको छ। बिहीबार बजार खुलेको एक घण्टा पनि नबित्दै ३० करोड रुपैयाँ भन्दा माथिको सेयर कारोबार भएको छ।

पुँजी बजारप्रति अनुदार अर्थमन्त्रीको छवि बनाएका डा। युवराज खतिवडाको दोश्रो बजेटको भने लगानीकर्ताले तारिफ गरेका छन्।

स्टक ब्रोकर्स एशोसियसन नेपालले पूँजी बजारका लागि सकारात्मक प्रभाव पार्ने खालको बजेट आएको भन्दै वक्तव्यसमेत निकालेको छ।

एशोसिएसनले बिहीबार जारी गरेको वक्तव्यमा ‘धितोपत्र कारोबारको लाभमा लाग्ने पुँजीगत लाभकरको गणना भारित औषत लागत विधिबाट गर्ने व्यवस्थाले लाभकर गणना विधिमा भएको अन्यौलता हटेको भन्दै त्यसको सराहना गरेको छ।

त्यसैगरी, बजेटले दोस्रो बजारको सबै कारोबार विद्युतिय प्रणालीबाट गर्न लागेको, सरकारी ऋणपत्र कारोबारको लागि अनलाइन प्रणालीको विकास गर्न लागेको, गैरआवासीय नेपालीहरुलाई दोस्रो बजार मार्फत पनि लगानी गर्न सकिने व्यवस्था गरेको लगायत विषयहरु सकारात्मक रहेको एशोसिएसनले जनाएको छ।जसका कारण आगामी दिनमा धितोपत्र बजारको दायरा झन् फराकिलो हुने उसको भनाइ छ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.