नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक आज बस्दैछ ।

  • २६३
  • मंगलवार, २१ जेठ २०७६

काठमाडौं | सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो सरकार सञ्चालन गर्ने सहमति भएको अभिव्यक्ति दिएपछि गृहकार्य नपुगेको नाममा पटक पटक सारिँदै आएको सचिवालय बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

विभिन्न विभागहरु गठन र केन्द्रीय सदस्यको कार्य विभाजनको टुंगो लगाउन सचिवालय बैठक बस्न लागेको हो ।

आज बिहान नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले नेता माधवकुमार नेपालसँग छलफल गरेका छन् । यसअघि पटक–पटक ओली र प्रचण्डबीच यस विषयमा छलफल भइसकेको थियो ।

यसअघि जेठ १८ र २० गते बोलाइएका सचिवालय बैठक छलफल नटुंगिएको भन्दै स्थगित गरिएको बैठक आजका लागि तय भएको हो ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.