कीर्तिपुर नगरपालिकाले गरेको प्लास्टिक पिच कमजाेर भएपछि पुनः उक्काएर पिच

  • २१०
  • मंगलवार, २१ जेठ २०७६

काठमाडौं | कीर्तिपुर नगरपालिकाले गरेको प्लास्टिक पिच कमजोर भएपछि पुनः उक्काएर पिच गरिएको छ ।

कीर्तिपुरको नयाँ बजार सडकमा गरिएको उक्त पिचले कालोपत्रे पिचसँग नजोडिएर छुट्टिन थालेपछि पुनः उक्काएर पिच गरिएको हो ।

उक्त सडकमा गरिएको कालोपत्रेमा अलकत्रा र गिटी मात्रै नभएर पानीका बोत्तल, चाउचाउ, बिस्कुट, चक्लेटलगायतका प्लास्टिकका खोलहरु एक महिनासम्म गालेर पिच गरिएको थियो तर पुरानो अलकत्राले गरेको पिच बाटोसँग प्लास्टिक पिच जोडिन नसकेपछि भक्ताएर फेरी पिच गर्नुपरेको बताइएको छ ।

प्लास्टिक मिसाउँदा पिच उप्किने सम्भावना कम हुने भन्दै सो सडक खण्ड पिच गर्नका लागि करिब ६ सय किलो प्लास्टिक प्रयोग गरिएको बताइएको थियो तर ३ दिन बाहेक त्यो प्रविधिको पिचले कालोपत्रेसँग समन्वय गर्नए सकेन जसका कारण सडक फुट्न थाल्यो ।

प्रदूषणको ठूलो कारण बन्दै आएको यस्ता प्लास्टिक संकलन गरि त्यसलाई पगालेर अलकत्रा र गिटीमा मिसाइएर पिच गरिएको उक्त प्रविधि काठमाडौं उपत्यकामै पहिलोपटक सुरुवात गरिएको थियो ।

२ सय मिटर लम्बाई रहेको नयाँ बजार सडकको पिच फलदायी भएमा कीर्तिपुर नगरपालिकाले गर्ने अन्य पिचमा समेत प्लास्टिकको प्रयोग गरेर पिच गरिने योजना समेत अगाडी सारेको थियो ।

यसअघि पोखरामा यो प्रविधि अपनाएर सडक पिच गरिएको थियो । पोखराका दुई युवाले भुटानबाट यस्तो सीप सिकेर पोखरामा १ सय मिटर पिच गरेका देखाएका थिए ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.