कोरियामा उपचारका क्रममा एक नेपालीको मृत्यु

  • १८९
  • बिहीवार, ३० जेठ २०७६

काठमाडौँ । कोरियामा कार्यरत एक नेपालीको उपचारका क्रममा सोमबार मृत्यु भएको छ।

मृत्यु हुनेमा ६ महिनादेखि सोलको एक अस्पतालमा उपचाररत पर्वत फलेवास-५ खानीगाउँका अमृत कुँवर रहेको सोलस्थित नेपाली दूतावासले जनाएको छ।

६ महिनाअघि कम्पनीमा काम गरिरहेकै अवस्थामा एक्कासी बेहोस भएका कुँवरलाई सोलस्थित हान्निम मुटु अस्पतालको आईसियुमा राखेर उपचार गरिँदै आएको थियो।

कुँवरको गत महिना फोक्सोले काम नगरेपछि फोक्सोको सफल प्रत्यारोपण गरिएको थियो।घटनाका विषयमा मृतकका परिवारलाई जानकारी गराईसकिएको कोरियाकालागि नेपाली श्रम सहचारी डिल्लीराम बाँस्तोलाले जानकारी दिए।

मृतकको श्रीमती कोरियामै रहेकाले प्रक्रिया पूर्याएर शव नेपाल पठाईने दूतावासले जनाएको छ।कुँवर ईपिएसमार्फत ३ वर्षअघि कोरिया आएका थिए।यो घटनासँगै कोरियामा पछिल्लो १५ दिनमा ३ नेपालीले ज्यान गुमाएका छन्।एजेन्सी

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.