कोरियामा एक नेपाली विद्यार्थीकाे मृत्यु

  • १७२
  • शुक्रबार, ३१ जेठ २०७६

सोल | दक्षिण कोरियाको केलभिन युनिभर्सिटीमा अध्ययनरत एक नेपाली विद्यार्थीको शुक्रबार बिहान मृत्यु भएको छ।

मृत्यु हुनेमा गोर्खाका सुमित पोख्रेल रहेको गोर्खा परिवार दक्षिण कोरियाका पूर्वअध्यक्ष यदु लामिछानेले जानकारी दिए।

बिहीबार साँझ खाना खाइसकेपछि असहज महसुस भएपछि पोख्रेललाई सोल युनिभर्सिटी अफ मेडिकल साइन्सेसमा भर्ना गरिए पनि उनलाई बचाउन नकिएको अस्पताललाई उद्धृत गर्दै लामिछानेले बताए।

पोख्रेलको शव अहिले अस्पतालमै रहेको र उनी अध्ययनरत युनिभर्सिटी सम्पर्कमा आएपछि शव नेपाल पठाउन आवश्यक समन्वय गरिने नेपाली दूतावास सोलका उपनियोग प्रमुख किरण शाक्यले बताए।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.