चलचित्र ‘प्रेमगीत–३’का लागि मुख्य कलाकार छनोटको काम

  • २८३
  • सोमबार, २ आषाढ २०७६

काठमाडौं । चलचित्र ‘प्रेमगीत-३’का लागि मुख्य कलाकार छनोटको काम चलिरहेको छ । मुख्य अभिनेत्रीका लागि निर्माण पक्षले अडिसन लिएर उत्कृष्ठ २५ छनोट गरिरहेका बेला पुरुष पात्र भने छनोट गरिसकेको छ । केही दिनमै अभिनेत्रीको पनि छनोट र घोषणा गरिने निर्माण पक्षले जनाएको छ ।

निर्माण पक्षकाअनुसार चलचित्र ‘प्रेम गीत-३’मा राजेश हमाल पनि अभिनेताका रुपमा रहने छन् । हमाल चलचित्र ‘सकुन्तला’ यता सेतो पर्दामा देखिएका छैनन् ।

सुसेन फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण हुनलागेको चलचित्रमा नव नायकका रुपमा मनिष राउतले डेब्यू गर्दैछन् । राउत फिल्म कलेजका विद्यार्थी हुन् । उनी कलेज अस्कर इन्टरनेश्नलमा अभिनय अध्ययन गरिरहेका छन् । निर्माण पक्षले केही दिन अगाडि उनको क्यारेक्टर पोस्टर सार्वजनिक गरिसकेको छ । पोस्टरमा राउत बन्दुक र बन्चरोसहित देखिएका छन् ।

छेतन गुरुङ्ग र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गर्न लागेको चलचित्रमा सन्तोष सेन स्वयम् पनि अभिनय गर्दैछन् । निर्मातासमेत रहेका सेन खलपात्रका रुपमा प्रस्तुत हुँदैछन् ।

चलचित्रको सिरिज-१ देखि नै रहेका प्रदीप खड्का सिरिज–३मा पनि मुख्य भूमिकामा देखिनेछन् ।

प्रेम गिरी, पुस्कर कार्कीको पनि अभिनय रहने ‘प्रेमगीत ३’ चैत २८ गते प्रदर्शनमा आउने छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.