अभिनेत्री शिल्पा सेट्ठी लामो समयपछि पर्दामा देखिने

  • २८७
  • शुक्रबार, १३ आषाढ २०७६

एजेन्सी | बलिउड अभिनेत्री शिल्पा सेट्ठी लामो समयदेखि ठूलो पर्दाबाट हराएकी छिन्। उनी अहिले टेलिभिजनबाट प्रसारण हुने रियालिटी शोमा जजको भूमिकामा देखिने गर्छिन् ।

कुनै समय नायिकाको रुपमा निकै चर्चा कमाएकी शिल्पा ११ वर्षपछि बलिउडमा अभिनेत्रीको रुपमा फर्किन लागेकी छिन् । ११ वर्षको लामो अन्तरालपछि आफू पुनः फिल्ममा फर्कनको लागि तयार रहेको शिल्पाले बताएकी छिन् ।

आफ्नै इच्छाले फिल्मबाट टाढिएकी शिल्पाले बलिउडमा कमब्याक गर्नका लागि अहिले स्क्रिप्ट अध्ययन गरिरहेको बताइएको छ। शिल्पा अहिले तीन वटा फिल्मको कथा पढिरहेकी छिन्। तर उनले कुन फिल्म खेल्दैछिन् भन्नेबारेमा भने खुलाएकी छैनन् ।

शिल्पा भन्छिन्, ‘एउटा यस्तो समय थियो, म फिल्ममा फर्किन नै चाहँदैनथें। तर अहिले म फिल्मका लागि पूरै तयार भएकी छु।’ राज कुन्द्रासँग विवाह गरेपछि शिल्पा एकाएक फिल्मबाट हराएकी थिइन्।

फिल्ममा फर्के पनि पहिलो प्राथमिकता भने आफ्नो परिवार नै रहेको समेत शिल्पाले स्पष्ट पारेकी छिन्।

शिल्पाले आमा बनेपछि कुनै पनि फिल्ममा साइन गरेकी थिइनन्। किनकि उनी आफ्नो छोरासँग समय बिताउन चाहन्थिन्। अहिले उनको छोरा ७ वर्षको भइसकेको छ। बच्चा हुर्किन लागेकोले अब एक पटक पुनः फिल्म खेल्न चाहेको उनले बताएकी छिन्।

शिल्पाको फिल्ममा फर्कने निर्णयलाई श्रीमान् राज कुन्द्राले पनि समर्थन गरेका छन्। अभिनेत्रीको रुपमा पुनः बलिउड फर्किने विषयमा पति/पत्नीको बीचमा लामो समय कुराकानी भएर उनीहरुले निर्णय लिएको एजेन्सीहरुले बताएका छन्।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.