फलफूल तथा तरकारीमा विषदीको जाँच गर्नु आवश्यक छ

  • ३४३
  • शुक्रबार, १३ आषाढ २०७६

काठमाण्डौँ । नेपाल निर्यात व्यापारमा कमजोर छ । औद्योगिक उत्पादन कमजोर हुँदा मेसिनरी सामान, दैनिक उपभोग्य सामग्रीको उत्पादनमा समेत नेपाल कमजोर छ । नेपाल कृषि प्रधान राष्ट्र भएकाले नेपालले विशेष योजनासाथ अघि बढेर उत्पादनमा सक्रियता बढाउन सक्ने हो भने निर्यातलाई बढाउन सकिने अवस्था छ तर नेपालको कृषि उत्पादन झन्झ-न् घट्दै गएको तथ्यांकले देखाएको छ । जसले गर्दा कृषि उपज पनि ठूलो मात्रामा बाहिरबाट आयात गरिरहनु परेको छ । यस्तो कृषि उपज छिमेकी राष्ट्र भारत र चीनबाट बढी मात्रामा आयात हुने गरेको छ । त्यसमध्ये पनि भारतबाट ठूलो मात्रामा कृषि उपज आयात हुने गरेको छ । अर्को, नेपालको भारत तथा चीनसँग सीमा जोडिएका क्षेत्रमा उत्पादन हुने कृषि उपज थोरै मात्रामा ती देशमा निर्यात हुने गरेको छ ।

नेपालबाट थोरै मात्रामा हुने कृषि उपजको निर्यातलाई भारत तथा चीन दुवै देशले गुणस्तरीय जाँचलाई विशेष प्राथमिकता दिँदै आएका छन् । त्यस्ता जाँच प्रयोगशाला सुविधाजनक क्षेत्रमा नहुने र विलम्ब गर्दा नेपाली निर्यातकर्ता ठूलो मारमा पर्दै आएका छन् । नेपालमा भने अहिलेसम्म कृषि उपजको गुणस्तर जाँच गर्ने गरिएको थिएन । केही समययता नेपालले पनि कृषि उपजको जाँच गर्ने नीति लिएको छ । कृषि उपजमा प्रयोग भएको विषादीको मात्रा जाँच गर्ने प्रक्रिया त सुरु भएको छ तर त्यससम्बन्धी विशेष तयारी गरेको भने देखिएको छैन । यसले आयात गरिएको तरकारीजन्य पदार्थ भारतीय सीमा क्षेत्रमा रोकिएका छन् । तत्कालका लागि सरकारले सुरु गरेको विषादी जाँच गर्ने नीति आवश्यक र राम्रो भए पनि भन्सारविन्दुमै विषादि जाँच्ने संयन्त्र नहुँदा आयातकर्ताले कठिनाइ व्यहोर्नुपर्ने देखिएको छ । यसले पुनः तरकारी तथा फलफूलजन्य पदार्थ महँगो पर्ने देखिएको छ ।
तरकारी र फलफूलमा रोग-कीरा तथा विषादी जाँच

नेपाल कृषि प्रधान राष्ट्र भए पनि पछिल्लो समय तरकारी तथा फलफूलको उत्पादनले आन्तरिक खपतलाई पूरा गर्न सक्ने अवस्था छैन । जसले गर्दा वर्षेनी ठूलो मात्रामा फलफूल र तरकारी आयात गरिँदै आएको छ । यस्तो ठूलो मात्रामा अयात हुने दैनिक उपभोग्य कृषिजन्य वस्तुको गुणस्तर कस्तो छ रु रोग-कीरा छ कि छैन रु ?विषादी कति प्रयोग गरिएको छ र ? भन्ने कुरा थाहा नै नपाउने अवस्था थियो । पछिल्लो समयमा अत्यधिक मात्रामा विषादी प्रयोग हुँदै आएको विभिन्न परीक्षणबाट देखिँदै आएको छ । अहिले सरकारले नेपाल भित्रिने फलफूल तथा तरकारीमा विषदीको मात्राकति रहेको छ भन्ने कुराको परीक्षण सुरु गरेको छ । नेपालमा प्लान्ट क्वारेन्टाइनको व्यवस्था भए पनि आयातित फलफूल तथा तरकारीमा भएका रोग-कीराको सामान्य परीक्षण मात्र हुने गरेको थियो । यस्तो परीक्षण पनि विशेष खालका प्रयोगशालामा नभएर आँखाले हेरेर स्वीकृति दिने गरिँदै आएको छ । कृषिजन्य वस्तुमा प्रयोग भएको विषादी कति मात्रामा छ भन्ने कुरा जाँच गरिने संयन्त्र थिएन । केही दिनयता तरकारी तथा फलफूलमा रहेको विषदीको मात्रा जाँच गर्ने प्रक्रिया सुरु गरिएको छ । यस्तो परीक्षण गर्न ९० किलोमिटरसम्म पर पुग्नुपर्ने अवस्था छ । यसले आयातकर्ताले सास्ती व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको छ । नेपालको कमजोर नीति तथा प्राविधिको कमीका कारण कृषि उपजमा अत्यधिक मात्रामा विषदी प्रयोग भए पनि उपभोक्तासम्म पुग्ने गरेको छ । असन्तुलित रासायनिक मल अत्यन्तै बढी प्रयोग गर्ने र रोग-कीरा नियन्त्रण गर्न मानव स्वास्थ्यका लागि हानिकारक विषादी अनियन्त्रित रूपमा प्रयोग हुँदै आएको छ । भारतबाट नेपालमा आयात हुने वस्तुमा यस्तो मात्रा अत्यधिक छ नै नेपालमा पनि यो अवस्था छ । अर्को, त्यस्ता कृषिजन्य पदार्थ लामो समय ताजा राख्न पनि फर्मालिन जस्ता विषादी प्रयोग हुँदै आएको छ । जो मानव स्वास्थ्यका लागि अति हानिकारक छन् ।

तरकारी तथा फलफूलमा ठूलो मात्रामा विषादी

नेपालमा बिक्री हुने फलफूल तथा तरकारीमा ठूलो मात्रामा विषदी प्रयोग भएको पाइएको छ । काठमाडौंको कालीमाटीमा बिक्री हुने यी कृषिजन्य उपभोग्य वस्तुको पटक-पटक जाँच गर्दा यस्तो पाइने गरेको छ । २०७४ साउनदेखि २०७५ वैशाखसम्म देशका विभिन्न भागमा ३ हजार ६ सय ७७ वटा तरकारी तथा फलफूलको नमुनामा विषादी परीक्षण गर्दा ३३ वटा खान लायक नभएको पाइएका थिए । त्यस्तैगरी ९३ वटा तरकारी तथा फलफूल केही दिन पर्खेर, जाँच गरेपछि मात्र खान मिल्न सक्ने खालका देखिएका थिए । ०७५ यता विषदीको अत्यधिक प्रयोग केही घटेको देखिए पनि आयातित वस्तुमा बढी विषादी पाइएको छ । तरकारी तथा फलफूल उत्पादनमा रोग-कीरा नलागून् भनेर प्रयोग गरिने विषादी, लामो समय ताजा राख्न प्रयोग गरिने विषदी तथा छिटो पकाउन प्रयोग गरिने विषादी मानव स्वास्थ्यका लागि हानिकारक हुन्छन् ।

कहाँ-कहाँ छन् विषादीको मात्रा जाँच्ने केन्द्र

सरकारले यही असार २ गतेदेखि तरकारी र फलफूलको आयातमा विषादीको मात्रा परीक्षण अनिवार्य गरेको छ । तरकारी तथा फलफूलमा प्रयोग भएको विषदीको मात्रा जाँच गर्ने केन्द्र देशका विभिन्न क्षेत्रमा स्थापना गरिएको छ । भैरहवा नाकाबाट आयात हुने कृषिजन्य वस्तुमा भएको विषादी जाँच गर्न बुटवलमा प्रयोगशाला स्थापना गरिएको छ । त्यस्तै सर्लाहीमा पनि प्रयोगशाला स्थापना गरिएको छ । जहाँ वीरगन्जबाट आयात हुने कृषिजन्य वस्तुको जाँच गर्न उपयोग हुनेछ । त्यस्तै बिर्तामोड, पोखरा, नेपालगन्ज र कैलालीमा पनि परीक्षण प्रयोशाला स्थापना गरिएको छ ।

भन्सार विन्दुमै विषादी जाँच्ने केन्द्र हुनु आवश्यक

नेपालले आन्तरिक आवश्यकता पूरा गर्न ठूलो मात्रामा कृषिजन्य उत्पादन फलफूल तथा तरकारी आयात गनुपर्ने अवस्था छ । यस्तो आयात करोडौं रुपैयाँको हुने गरेको छ । यो क्रम बढ्दै गएको छ । हुन त सरकारले खाली जग्गा नराख्ने, व्यावसायिक कृषिलाई जोड दिने नीति लिएकाले आन्तरिक उत्पादन बढाएर आयात कम होला । अहिलेसम्म भने आयात बढिरहेको छ । यस्तो अवस्थामा तरकारी तथा फलफूलमा प्रयोग भएको विषदीको मात्रा जाँच्न व्यवस्थित तथा सुविधासम्पन्न विषादी जाँच्ने केन्द्रको स्थापना हुनु आवश्यक देखिएको छ । यस्तो अवस्थामा भन्सार नजिकै यस्ता परीक्षण प्रयोगशाला स्थापना हुनु आवश्यक छ । त्यसो हुन सकेन र जाँचमा समय बढी लाग्यो भने त्यही निहुँमा ती वस्तुको मूल्य बढ्ने अवस्था आउन सक्न । जसले आमउपभोक्ता मारमा पर्ने अवस्था आउन सक्छ । यतातिर सरकार सचेत हुनु आवश्यक छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.