लिविया आक्रमणमा परी एक नेपालीको मृत्यु

  • ३५८
  • बिहीवार, १९ आषाढ २०७६

काठमाडौं । लिवियाको आप्रवासी हिरासत केन्द्रमा भएको आक्रमणमा परी एक नेपालीको मृत्यु भएको पुष्टि भएको छ ।

आक्रमणमा परी २७ वर्षीय सन्तोष श्रेष्ठको मृत्यु भएको त्रिपोलीस्थित अन्तर्राष्ट्रिय आप्रवास संगठन ९आईओएम० लाई उद्धृत गर्दै कायरोस्थित नेपाली दूतावासले जनाएको छ ।

आईओएमले जनाएअनुसार आक्रमणमा घाइते उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनको स्थायी ठेगाना कहाँ र उनी कसरी लिबिया आइपुगे भन्ने खुलेको छैन । कायरोस्थित नेपाली दूतावासका अनुसार, यसबारे अनुसन्धान भइरहेको छ ।

लिबियाको राजधानी त्रिपोलीको पूर्वी क्षेत्रमा रहेको आप्रवासी हिरासत केन्द्रमा मंगलबार हवाई आक्रमण भएको थियो ।

 आक्रमणमा ४० जनाको मृत्यु भएको थियो भने ८० भन्दा बढी घाइते भएका थिए ।आप्रवासी हिरासत केन्द्रमै अन्य १४ नेपाली पनि थिए । तर, उनीहरु भने सकुशल रहेको दूतावासले जनाएको छ । दूतावासका अनुसार ८ जनालाई टर्की हुँदै नेपाल फर्काइसकिएको छ भने बाँकी ६ जनालाई फर्काउने प्रयास भइरहेको छ । ६ जना अझै त्रिपोलीस्थित आईओएमको क्याम्पमा रहेका छन् ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.