बुटवलमा कारसँग स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु, २ घाइते

  • ३११
  • बिहीवार, १९ आषाढ २०७६

काठमाडौँ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–२ पाखापानीमा आज बिहान कार र स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा स्कुटर चालक रुपन्देहीकै सैनामैना नगरपालिका–४ शान्ति टोलका २८ वर्षीय अजित सलामी थापा रहेको प्रहरीले जनाएको छ ।

लु १ च १५८८ नम्बरको कार र लु ३६ प ४३१४ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा घाइते भएका मगरको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

स्कुटरमै सवार रहेका अन्य २ जना घाइते भएका छन् । सैनामैना–४ कै २२ वर्षीय सन्जय पटेल र २६ वर्षीय विक्रम थारु घाइते भएका हुन् ।

उनीहरुको सोही अस्पतालमै उपचार भैरहेको र उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।ठक्कर दिने कार र कार चालकलाई इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.