मालिकको छोराबाट दिल्लीमा नेपाली किशोरी बलात्कृत

  • १७७
  • बिहीवार, १९ आषाढ २०७६

काठमाडौं । डोटी जिल्ला साहिल गाविस वडा नं.४ स्थायी घर भएकी एक चौध वर्षीया किशोरीआफूले काम गर्ने मालिकको छोराबाट बलात्कृत भएकी छन् । गएको आइतबार नै सो घटना भएकोमा बलात्कारी स्थानीय प्रहरीको छोरा भएकोले त्यत्तिकै गुपचुप पार्ने प्रयास भएकोमा नेपाली दूतावास, स्थानीय नेपाली संघसंस्था र भारतको गृह तथा विदेश मन्त्रालयमा मार्फत् पनि चर्को दबाब परेपछि बलात्कारीलाई बुधबार पक्राउ गरिएको थियो ।

नेपाली कांग्रेस जनसम्पर्क समिति भारतका अध्यक्ष तथा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डेले बुधबार राति नयाँ दिल्लीमा भएको कुराकानीमा भने,“शुरुमा प्रहरीले बेवास्ता गरिरहेको थियो । हामीले स्थानीय नेपाली दूतावासमा कुरा गर्नुका साथै पहिला काठमाडौंस्थित भारतीय दूतावासमा कार्यरत कर्मचारी नै अहिले भारतको विदेश मन्त्रालयमा नेपाल डेस्क हेर्ने व्यक्ति भएकाले उहाँको सहयोगमा बुधबार पक्राउ गरिएको हो ।”

बलात्कृत किशोरीको शिक्षा र आवश्यक सीपमुलक तालिमको व्यवस्थाको जिम्मेवारी पनि आफूले नै लिएको समेत उनले बताए ।

भारतको नयाँदिल्ली बी ४१ छतरपुर एक्सटेन्सनमा नेपाली किशोरी बलात्कृत भएकी हुन् । दिल्ली प्रहरीमा कार्यरत दलबीर सिंहका छोरा ३३ वर्षिय पंकज सिंहले गएको आइतबार दिनको १ बजे बलात्कार गरेको जनाइएको छ । माइती नेपाल भारतले जानकारी गराएअनुसार पंकज विवाहित हुन् र उनका दुई छोराछोरीपनि रहेका छन् ।

नेपाली जनसम्पर्क समिति र माइती इण्डियाको संयुक्त टिमले मेहरौली थानामा पुगेर एफआइआर दर्ता गरेको तथा मेडिकल जाँचको लागि सरकारी अस्पतालमा लगिएको पाण्डेले जानकारी दिए ।

मेडिकल जाँचका क्रममा बलात्कार गरेको प्रमाणित भएको माइती इन्डियाले जारी गरेको वक्तव्यमा समेत जनाइएको छ । पहिलो चरणमा अदालतमा बयान समेत भएको र आवश्यक अन्य कारवाही तथा पीडितको न्यायको लागि पाण्डेले नै प्रक्रिया अघि बढाउने जनाएका छन् ।

अभियुक्त दिल्ली प्रहरीका सवइन्स्पेक्टरको छोरा भएकोले दोषीलाई बचाउन लागिरहेको अवस्थामा नेपाली दूतावास, भारतको विदेश मन्त्रालय, भारतीय गृह मन्त्रालय, नेपाली जनसम्पर्क समितिका पदाधिकारीको सहयोग लिँदै पाण्डेको नेतृत्वमा दोषीलाई तीन दिनको अथक प्रयासपछि नियन्त्रणमा लिइएको माइती इण्डियाका निर्देशक सीता अधिकारीले जानकारी गराएकी छन् ।

बलात्कृत किशोरी आफ्नो परिवारसहित दिल्लीमै बस्दै आएका छन् । दोषी पक्षले डर त्रास देखाएपछि उनीहरु शुरुमा उजुरी दर्ता गर्नै डराइरहेको भएपनि सबैपक्षले ढाडस दिएपछि उनीहरुले उजुरी दर्ता गरको पाण्डेले जानकारी गराए ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.