तीन वर्षको नेसनल फिल्म अवार्ड एकैपल्ट बाँडिने

  • २२७
  • मंगलवार, २४ आषाढ २०७६

काठमाडौं | अघिल्ला दुई वर्ष आयोजना हुन नसकेको नेसनल फिल्म अवार्ड यसपाली भने हुने पक्का भएको छ। चलचित्र विकास बोर्डले आउँदो असार २७ गते राष्ट्रपति भवनस्थित सितल निवासमा तीन वर्षको अवार्ड एकैपल्ट बाड्ने निर्णय गरेको छ।

राष्ट्रपति विधादेवी भण्डारीको हातबाट प्रदान हुने यो पुरस्कारमा यसपटक सम्मानपत्र र अवार्डसँगै नगद राशी पनि प्रदान गरिने भएको छ। २०७३, ०७४ / ०७५ सालमा यो पुरस्कारबाट पुरस्कृत हुने हरेका विधाका विजेताहरुलाई सम्मानस्वरुप जनही २५ हजार रुपैयाँ प्रदान गरिने निर्णय गरेको चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले जानकारी दिए। अर्को वर्षबाट यो पुरस्कारको राशी बढाएर ५१ हजार पुयाउने समेत उनले बताए। समारोहमा तीन वर्षकै दीर्घ साधना सम्मान पनि प्रदान गरिने भएको छ ।

अघिल्ला वर्षहरुमा पुरस्कार वितरणमै सिमित हुने गरेको नेसनल अवार्डलाई यसपल्ट थप मनोरञ्जक बनाउनका लागि विशेष प्रस्तुती देखाउने तयारी पनि भइरहेको बोर्ड अध्यक्ष भट्टराईले जानकारी दिए। ‘कार्यक्रमलाई चलचित्रमय बनाउन करिब १२ मिनेटको नृत्य प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ,’ उनले भने, ‘यसमा अग्रजदेखि नयाँ पुस्तासम्मका कलाकार समावेश हुनेछन्। एक सातादेखि उनीहरु अहिले त्यसकै अभ्यासमा व्यस्त छन्।’

भट्टराईका अनुसार उनीहरुले पहिलो चलचित्र आमादेखि अहिलेसम्मका चलचित्रका चर्चित एवम् कालजायी गीतमा प्रस्तुति दिनेछन्। नृत्य निर्देशकहरु बसन्त श्रेष्ठ, राजु शाह र कविराज गहतराजले अहिले विभिन्न गीतमा नृत्य प्रशिक्षण गराइरहेका छन्। कार्यक्रमका लागी उनीहरुसँग कलाकारहरु सरोज खनाल, गौरी मल्ल, सनी रौनियार, रमेश उप्रेती, दिपिल रायमाझी, दिपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, रेजिना उप्रेती, केदार घिमिरे, पुष्प खड्का, नीता ढुंगाना, पवित्रा आचार्य, बिमला के।सी।, छुल्ठिम गुरुङ लगायत कलाकारले अभ्यास गरिरहेका छन् ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.