प्रशिक्षक ओले गुनार सोल्सायरले पाउल पोग्बाको भविष्यबारे जानकारी

  • ९०
  • बुधबार, २५ आषाढ २०७६

एजेन्सी । म्यानचेस्टर युनाईटेडका प्रशिक्षक ओले गुनार सोल्सायरले पाउल पोग्बाको भविष्यबारे जानकारी दिएका छन् । उनले युनाइटेडका कुनै पनि खेलाडीको बिदाइ बारेमा सूचना नआएको बताएका हुन् ।

मड्रिड र युभेन्टसले पोग्बामा रुचि राखेपछि पोग्बाले युनाइटेड छाड्ने हल्ला व्यापक रुपमा फैलिएको थियो । सन् २०११-२०१२ मा युनाइटेडबाट आफ्नो सिनियर करियरको सुरु गरेका पोग्बा सन् २०१२ देखि २०१६ सम्म युभेन्टसमा आबद्ध भएका थिए ।

सन् २०१६ को अगस्टमा पोग्बा युनाइटेडमा फर्केका थिए । ८९.३ मिलियन युरोमा उनी युुभेन्टसबाट म्यानचेष्टर फर्किए । २६ वर्षीय फान्सेली खेलाडी पोग्बाले गत सिजन युनाइटेडको लागि सबै प्रतियोगितामा १५ गोल तथा ९ एसिस्ट गरेर सबैभन्दा बढि गोल गर्ने खेलाडी बनेका थिए ।
पछिल्लो समयमा पोग्बा आफ्ना समर्थकहरुबाट आलोचित भइरहेका छन् । पोग्बाले नयाँ चुनौती खोजेको र उनी अरु क्लबमा जाने उनका एजेन्टले केही साताअघि बताएका थिए ।

पोग्बा बारेमा प्रशिक्षक सोल्सायर भन्छन्, “म पोग्बासित बोलिरहेको छु, सम्पर्कमा छु । यो कुरामा म सचेत छु कि म कुनै पनि हाम्रा खेलाडीहरुलाई बिदाइ गर्नुछैन । हामी युनाइटेड हौँ हामीलाई खेलाडी बेच्नु आवश्यक छैन । ”

“पोग्बाले कहिल्यै आफूलाई आफ्नो टिमबाट बाहिर निकालेनन्, उनी सधैँ खेल्न चाहन्छन् । उनले आफूले सक्दो राम्रो गरेका छन् र त्योभन्दा बढी मैले केही बताउँदिन । एजेन्टहरु सधैँ बोलिरहन्छन् । हाम्रो क्लबबाट हामीले कसैलाई बिदाइ गर्नुछैन । यस विषयमा म यत्तिमात्र भन्न चाहन्छु,” उनले थपे ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.