सत्तारुढ भारतीय जनता पार्टी का सांसद कुँवर प्रणव सिंह च्याम्पियन निलम्बनमा

  • २५६
  • बुधबार, २५ आषाढ २०७६

नयाँ दिल्ली । सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का सांसद कुँवर प्रणव सिंह च्याम्पियन निलम्बनमा परेका छन् । उत्तराखण्डको खानपुरबाट विजयी भएका लोकसभा सांसद च्याम्पियनलाई बुधबार भाजपाले निलम्बन गरेको हो ।

मदिराको नशामा लट्ठिएको अवस्थामा हातमा राइफल र रिवाल्भर बोकेर नाचिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई भाजपाले तीन महिनाका लागि निलम्बन गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भिडियोमा सांसद प्रणव च्याम्पियन दुबै हातमा तीनवटा रिवल्भर र राइफल बोकेर फिल्मी गीतमा नाचिरहेका देखिन्छन् ।

यसअघि उनले टीभीमा पत्रकारलाई धम्क्याएको भिडियो भाइरल भएको थियो । भाजपाका सांसद अनिल बलुनीले प्रणव च्याम्पियनलाई कठोर कारबाही गर्ने बताएका छन् । ‘‘यस्तो भाषा र क्रियाकलापलाई भाजपाले समर्थन गर्दैन । पार्टीको राज्य ईकाइले यसका बारेमा चाँडै निर्णय लिन्छ,’’ उनले भनेका छन् ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.