निर्देशक दीपेन्द्र के खनाल घाम लागेपछि सुटिङ रोक्छन्

  • २८३
  • बुधबार, २५ आषाढ २०७६

काठमाडौं । अरु पानी परेपछि सुटिङ रोक्छन् । निर्देशक दीपेन्द्र के खनाल घाम लागेपछि सुटिङ रोक्छन् । पानी पर्छ र सुटिङ गरौंला भनेर यो साता सिन्धुली पुगेका दीपेन्द्र घाम लागेपछि काठमाडौं फर्किए । अहिले उनी झरीको पर्खाइमा छन् । “हामीले हेरेको सिन्धुलीको लोकेशनमा पुगेर पनि पानी नपरेपछि हामी फर्कियौं,” दीपेन्द्रले भने, “त्यो ठाउँमा साउने झरी शुरु भएपछि सुटिङका लागि जानेछौं ।”

दीपेन्द्र काठमाडौं फर्किएपछि मनसुन सक्रिय भयो । त्यसैले उनी यही झरीमा सुटिङ शुरु गर्दैछन् । उनले निर्देशन गर्न लागेको चलचित्र ‘आमा’को अधिकांश सिन पानीमा रहेको दीपेन्द्र बताउँछन् ।

बम बम बम
“स्क्रिप्टमा रहेको सिन म जस्ताको तस्तै उतार्ने छु,” उनले बाह्रखरीसँग भने, “जिरो कम्प्रमाइजमा यो चलचित्र बनाउने मैले कोशिस गरिरहेको छु ।” नेपालमा सामान्यत जस्तो सुकै सिन भएपनि घाममै खिच्ने परम्परा छ ।

सोसल ड्रामा ‘आमा’ दीपेन्द्र आफैँले खिच्दैछन् । चलचित्रको कथा पनि दीपेन्द्र स्वयम्ले लेखेका हुन् ।

फिमेल प्राटागोनिष्ट ‘आमा’मा सुरक्षा पन्त, सरिता गिरी, सुर्यमाला शर्मा मुख्य भूमिकामा छन् । शर्मिला पाण्डेको निर्माण चलचित्र ‘आमा’ फागुन ९ गते प्रदर्शनमा आउने छ ।

 

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.