भक्तपुरको हनुमन्तेमा आएको बाढीले ठिमीपुल जोखिममा

  • २८७
  • शुक्रबार, २७ आषाढ २०७६

भक्तपुर | विगत ३ दिनदेखि लगातार परेको वर्षासँगै देशभर बाढी र पहिरो गएको छ ।

देशभरका अधिकांश नदी, खोला तथा सडकहरु अवरुद्ध छन् भने विभिन्न स्थानमा पहिरोले बस्तीहरुमा जोखिम वढ्दै गएको छ ।

त्यस्तै बागमती, सप्तकोशी, त्रिशुली, नारायणी नदीमा बहाव क्षेत्र उच्च भएसँगै उच्च सतर्कता अपनाउन जल तथा मौसम विभागले आग्रह गरेको छ ।

काठमाडौं उपत्यकाबाट बग्ने नदीहरुसमेत उच्च बहावका साथ बगिरहेका छन् । बागमती, बिष्णुमती, हनुमन्ते, मनोहरा लगायतका नदी तथा खोलाहरुमा तिब्र रुपमा बाढी आएको छ ।

लगातार बर्षापछि भक्तपुरको चारै नगरपालिका भएर बग्ने हनुमन्ते खोलाको बहाव बढेको छ ।

खोलामा पानीको बहाव बढेसँगै सूर्यबिनायकबाट भक्तपुर नगर प्रवेश गर्ने बाराही स्थानमा रहेको पुल आसपास क्षेत्र डुबान पर्दा सो सडक क्षेत्र अवरुद्ध भएको छ ।

त्यस्तै भक्तपुर नगर भएर बग्ने हनुमन्ते खोला आसपासका खेतबारीमा क्षति पुगेको छ । भक्तपुरको ठिमीपुलमा बाढीले क्षति पुर्याएको छ । उच्च रुपमा आएको बाढीले पुलको दुबैतर्फको भागमा कटान गरेको छ भने बस्तीमा सम्ममा बाढी पुगेको छ ।

सो क्षेत्रमा सुर्यविनायकमा रहेको विरदल गणले नदी खोल्ने तथा स्थानीयहरुलाई सर्तक रहन सहयोग गरेको छ ।

यता भक्तपुर नगरपालिका-३ मा रहेको मंगलतिर्थको पुल आसपासमा समेत बाढी बस्तीमा पुगेको छ ।

नदीको बहाव बढेसंगै बस्तीमा बाढी पसेको र स्थानीय र प्रहरीको सहायताले नदीले बगाएर ल्याएका फोहोर निकाले बहावमा सहजता गर्ने काम गरिरहेका छन् ।

यता राम मन्दिर पुलमासमेत बाढीको बहाव उच्च देखिएको छ । बाढीले पुलको माथिल्लो भाग भएर बगिरहेको छ।

पानीको बहाव बढेसँगै भक्तपुर नगरापालिकाका प्रमुख सुनिल प्रजापतिसहितको बिपद् ब्यवस्थापनको टोलीले खोलाको बहाव निरीक्षण र भैपरि हुन सक्ने जोखिमको आँकलन गरी न्यूनीकरण तर्फ लागि परेको जानकारी दिएका छन् ।

नगर प्रमुख प्रजापतिका अनुसार भक्तपुरको राम मन्दिर क्षेत्र, हनुमानघाट लगाएता हनुमन्ते खोलामा पानीको बहाव बढेपनि हाल सम्म त्यस्तै मानवीय र भौतिक क्षति नभएको जानकारी दिए ।
त्यस्तै मध्यपुर थिमि नगरापालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले पनि बाढीबाट हुन सक्ने जोखिमलाई नियाल्दै बिहानै देखिनै बिपद् ब्यवस्थापन सहितको टोली लिएर हनुमन्ते खोलाको बहाव निरिक्षण गरिरहेको बताए ।

उनले भने, हनुमन्ते खोलाको बहावले हाल सम्म शंखधर चोकबाट दक्षिण बाराही जाने पूललाई सामान्य क्षती पुराएपछि सो क्षेत्रको आवागमन अवरुद्ध भएको जानकारी दिँदै उक्त स्थानको सडक सूचारुका लागि पहल भइरहेको बताए ।

उनले भने वर्षाको क्रम जारी रहे गत बर्ष झै सम्भावित पानीको बहाव बढी हुन सक्ने क्षतिलाई न्यूनिकरण गर्न तयारी अवस्थामा रहेको उनले जानकारी दिए ।

लगतार वर्षा र खोलामा बढ्दो पानीको बहावसँगै खोला आसपास क्षेत्रका बस्तीहरुमा हुन सक्ने क्षतिलाई न्यून गर्न र सतर्क रहन जनप्रतिनिधिहरुले आग्रह गरेका छन् ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.