काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ६० प्रतिशत काम गरेर सय प्रतिशतको मूल्यांकन नहुने भन्दै मन्त्रालयहरुको कार्यसम्पादनप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेको समाचार आजको नागरिकले पहिलो पृष्ठमा छापेको छ ।
समाचारमा लेखिएको छ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आयोजनामा गरेको आर्थिक वर्ष २०७५र०७६ को वार्षिक समीक्षामा उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री ओलीले सरकारका विभिन्न मन्त्रालयबीच प्रभावकारी समन्वय नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।