कोरियामा कामदारप्रति दुर्व्यवहार गर्ने रोजगारदातालाई ३ करोड जरिवाना र ३ वर्ष कैदको व्यवस्था

  • २७७
  • बिहीवार, २ साउन २०७६


दक्षिण कोरिया। कोरियामा मजदुरलाई रोजगारदाताले दुर्व्यवहार गरेको ठहर भएमा ३ वर्ष कैद र ३ करोड कोरियन वन जरिवाना हुनसक्ने ‍व्यवस्था मंगलबारबाट लागू भएको छ।

उक्त कानुन लागू भएसँगै अब काम गर्ने क्रममा रोजगारदाताले विभिन्न बाहानामा मजदुरलाई दुःख दिएमा मजदुरले यहाँको श्रम कार्यालयमा उजुरी गर्न सक्नेछन्।

कानुन लागू भएपछि यहाँ कार्यरत मजदुरसँगै यहाँ क्रियाशील मजदुर आन्दोलनका अगुवा उत्साहित बनेका छन्।

प्रवासी श्रमिक संगठनका अध्यक्ष उदय राईले आफूहरूको लामो संघर्षले उक्त कानुन लागू भएको भन्दै कानुनले यहाँ कार्यरत विदेशी श्रमिकलाई विशेष सहयोग पुग्ने बताए।

कस्ता कस्ता दुर्व्यवहारमा परेमा उजुरी गर्न सकिन्छरु
अध्यक्ष राईका अनुसार कम्पनीमा काम गरिरहेको समयमा रोजगारदाताले समान फ्याँक्ने, टेबल ठटाउने, कुटपिट गर्ने ,गालीगलौज गर्ने, अपमानजनक शब्द प्रयोग गर्ने, अन्य सहकर्मीको अगाडि अपमानजनक शब्द बोल्नेमाथि यस्तो सजाय हुन सक्छ।

यसैगरी, अनलाइनमार्फत अपमान गर्ने, निष्काशन गर्ने ,काम दिन्न भनेर धम्की दिने, कम्पनीले दिने भोजमा जान कर गर्ने, रक्सी खान कर गर्ने, चुरोट पिउन कर गर्ने वा पिउन नदिने, कम्पनीको आफ्नो काम अरु सहकर्मीलाई गर्न लगाउने काम गरे पनि यो कानुन आकर्षित हुने बताइएको छ।

सूचना उपलब्ध नगराउने वा निर्णय गर्ने अधिकारबाट बञ्चित गराउने, विशेष धर्म मान्नको लागि वा कुनै समूहलाई समर्थन गर्न कर गर्ने, रातमा काम गर्न वा आइतबार काम गर्न अनावश्यक दबाब दिनेलगायतका काम गरे पनि यो कानुन अनुसार सजाय हुनसक्नेछ।

बिदा, बिरामी बिदा विभिन्न कल्याण सुविधा उपयोग गर्न नदिने, मानसिक तनाब दिने, काम गर्ने वातावरण नाजुक बनाउने, काम सिँकाउदा दुस्ख दिने, काम गरेको वा आराम गरेको अवस्थाको चियो गर्ने लगायतको गतिविधि गरेमा उजुरी गर्न सकिने अध्यक्ष राईले बताए।

राईले मजदुर संगठनको आन्दोलनले धेरै अधिकार सुनिश्चित हुँदै गएकाले कोरियामा डब्लुपिएस लागू गराउने संगठनको आन्दोलनलाई सहयोग गर्न यहाँका मजदुरसँग आग्रह गरे।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.