शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३ बर्षीय बालकको सफल कलेजो प्रत्यारोपण

  • १२९
  • आइतबार, ७ माघ २०८०

भक्तपुर ।  भक्तपुर स्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले ३ बर्षीय बालकको सफल रुपमा कलेजो प्रत्यारोपण गरेको छ । बारा स्थित जीतपुर सिमरा उपमहानरपालिका ३ का क्यान्सर पीडित बालकलाइ उनकी ३० बर्षीया आमा सीता भत्तले कलेजो दान दिएकी थिइन । कलेजो प्रत्यारोपण पछि ३ वर्षीय बालक रिसभ अधिकारीको ९ औं दिन आज अस्पतालवाट डिस्चार्ज भएको छ । रिसभ २२ महिनाको हुदाँ उनी कलेजोको क्यान्सरवाट पीडित भएका  थिए ।

चिकित्सको टोलीले आमा सिता भत्तवाट उन छोरामा ४० प्रतिशत कलेजो प्रत्योरोपण गरिएको जनाएका छन  ।

डिस्चार्ज पछि प्रत्यारोपित बालकको स्वास्थ्य अवस्था सामान्य रहेको   शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डाक्टर पुकार चन्द्र श्रेष्ठले बताए ।  उक्त प्रत्यारोपणमा पाटन अस्पतालका बालरोग विशेषज्ञ डाक्टर पुजा अमात्य लगायतको नर्सिङ्ग टोली, कान्ति बाल अस्पतालमा बरिष्ठ बालरोग विशेषज्ञ डा सुमित अग्रवाल, बालरोग विशेषज्ञ डा वर्षा बर्मा तथा भारतीय चिकित्सक लगाएत ५० जना चिकित्सकहरुको सहभागिता रहेको केन्द्रले जनाएको छ ।

केन्द्र स्थापना भएको ११ बर्षमा हाल सम्म १८ जनाको कलेजो प्रत्यारोपण गरिसकेको जनाएको छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com