टिकटक कम्पनीले मोबाइल पनि बनाउने घोषणा

  • १७५
  • मंगलवार, १४ साउन २०७६

एजेन्सी | टिकटक निर्माण गर्ने कम्पनीले अब मोबाइल पनि बनाउने घोषणा गरेको छ ।

‘भिडियो-शेयरिङ एप’को रुपमा अत्यन्त लोकप्रिय टिकटकको निर्माता बाइट-डान्सले मोबाइल निर्माणको व्यवसाय सुरु गर्ने बताएको छ ।

टिकटक पछिल्लो समय सबैभन्दा तीव्र गतिमा वृद्धि भएको समाजिक सञ्जाल एप हो । हाल यसमा ५० करोड नियमित प्रयोगकर्ता छन् । विश्वभरी टिकटक एक अर्ब पटक डाउनलोड गरिएको विश्वास गरिएको छ ।

एपमा प्रयोगकर्ताले १५ सेकेण्डसम्मको भिडियो पोष्ट गर्न सक्छन् ।

टिकटक निर्माता बाइट-डान्सले मोबाइल बनाउने व्यवसाय सुरु गर्नको लागि उपकरण निर्माता समार्टीसनको प्याटेन्ट र कर्मचारी किनिसकेको छ ।

तर यसको व्यापारले सफलता पाउलान कि नाइ भन्ने विषयमा चाँहि विज्ञहरु अन्योलमा छन ।
चिनियाँ आर्थिक म्यागजिन ‘काइजिङ’का अनुसार बाइट-डान्सले सात महिनादेखि नयाँ मोबाइल निर्माण गरिरहेको थियो ।

तर प्रविधि विज्ञहरुले भने चीनको अत्यन्त प्रतिस्पर्धात्मक मोबाइल बजारमा टिकटक निर्माताले ल्याउने मोबाइललाई कठिन हुने बताएका छन् ।

चिनियाँ बजारमा एप्पल, सामसुङ र हुवावेबीच तीव्र प्रतिस्पर्धा छ । तिनले उपभोक्तालाई आकर्षित गर्नको लागि विज्ञापनमा ठूलो रकम खर्चिरहेका छन् ।

विगतमा ठूला अमेरिकी प्रविधि कम्पनी फेसबुक, अमेजन र गुगलले पनि आफ्नो प्राथमिक व्यवसायभन्दा फरक क्षेत्रमा हात हालेका उदाहरण छन् । तर तिनले तिनमा फरक–फरक उचारचढाव भोगे ।

फेसबुक समाजिक सञ्जाल क्षेत्रमा अत्यन्त सफल भएपनि उसले ल्याएको एन्ड्रोइड लञ्चर एप ‘होम’मा असफल भयो ।

त्यस्तै अमेजन किण्डल ट्यावलेट र इ-रिडर्समा सफल छ तर उसको फायर मोबाइल एक वर्ष पनि टिक्न सकेन ।

गुगलको पिक्सेल मोबाइल राम्रो विक्री भए पनि उसको महत्वकाक्षी समाजिक संजाल क्षेत्रको प्रयोग कम हुदैं गएपछि यही वर्ष बन्द भएको थियो ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.