लाखौं टन अमेरिकी भटमास चीनतर्फ ढुवानी

  • १४९
  • बुधबार, १५ साउन २०७६

काठमाडौँ । अमेरिकी लाखौं टन भटमास चीनतर्फ ढुवानी भएको छ ।

गत जुनमा दुई नेताबीच भएको भेटघाटपछि अमेरिकाबाट चीनतर्फ करोडौं टनको भटमास ढुवानी भएको चिनियाँ सञ्चारमाध्यमले बताएका छन् ।

जुन २८ भएको जी–२० को बैठकयता १० लाख २ हजार टन भटमास मात्रै चीनतर्फ निर्यात भएको अमेरिकी कृषि विभागले जनाएको छ ।

जुनमा चीनले अमेरिकाबाट ६ लाख १४ हजार ८ सय ५ टन भटमास खरिद गरेको थियो ।

यो २०१८ को जुनको तुलनामा २।५ प्रतिशत र मे महिनाको ९ लाख ७ हजार २४ टनको तुलनामा कम भएको हालै सार्वजनिक भन्सार तथ्यांकले देखाएको छ ।

अमेरिका–चीनबीचको व्यापारयुद्धले चीनतर्फको अमेरिकी कृषि उत्पादनको निर्यातमाथि नियन्त्रण गरिएको थियो ।

चीनले जुलाई १९ देखि अमेरिकी आपूर्तिकर्तालाई भटमास, कपास, सुगुर, सोरगम र अन्य कृषि उपजको खरिदका लागि आग्रह गरेको थियो । केही बिक्री भएको चिनियाँ सञ्चार माध्यम सीसीटीभीले जनाएको छ ।

सीसीटीभीमा उल्लेख गरिएको समाचार अनसार ‘अमेरिकी कृषि उत्पादनहरू तुलनात्मक रूपमा उपयुक्त मूल्यको भएको र राम्रो गुणस्तरको पनि भएको नयाँ खरिद हुने अपेक्षा गरिएको छ।’

बिक्रीमा समावेश भएका कम्पनीहरूले कृषि उत्पादनमा भन्सार छुटका लागि आवेदन गरेको चिनियाँ भन्सार अधिकारीहरूले बताएको समाचारमा उल्लेख गरिएको छ । एजेन्सी ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.