मेक्सिकोमा एउटा रहस्यमय गाउँ जहाँ मानिस देखि जनावरहरु समेत दृष्टिवीहिन छन् !

  • ३५३
  • मंगलवार, २१ साउन २०७६

काठमाडौँ । संसारमा केही यस्ता रहस्यमय ठाउँहरु छन् जसको अद्भुत पहेली कसैले सुझाउन सकेको छैन । मेक्सिकोमा एउटा यस्तै रहस्यमय गाउँ छ ।

यो गाउँलाई दृष्टिवीहिनको गाउँ भनिन्छ । नभनियोस् पनि किन रु गाउँका मान्छे मात्र नभएर कुनै जनावरले पनि आँखा देख्दैनन् । यसको पछाडि एउटा गहिरो रहस्य लुकेको छ ।

गाउँको खास नाम टिल्टेपक हो । जोपोटेक आदिवासीका मानिसहरु यो गाउँमा बस्दछन् । गाउँमा जन्मको समयमा बालबालिकाहरु सामान्य नै हुन्छन् र आँखाले देख्दछन् । तर, केही दिनपछि नै आँखाको दृष्टि हराउँदछ र बालबालिकाहरु अन्धो बन्दछन् ।

गाउँलेहरु आफूहरु सबै अन्धो हुनुमा गाउँमा रहेको एउटा रुखलाई दोषी मान्दै आएका छन् । लाभजुएला नामको उक्त रुख हेरेपछि मान्छे मात्र नभै पशुपक्षी सबै अन्धा हुन्छन् ।

तर, वैज्ञानिकहरुले भने अन्धोपनाको पछाडि उक्त रुखको कुनै हात नरहेको बताउँछन् । मानिस र जनावरहरुको अन्धोपनाको मुख्य कारण एउटा विषालु झिंगा रहेको वैज्ञानिकहरुको भनाइ छ । उक्त विषालु झिंगाले टोकेपछि मानिस र जनावरहरुको आँखाको ज्योति हराउँदछ ।

उक्त गाउँमा करिब ७० वटा झुप्रा घरहरु छन् र जनसंख्या ३ सय जति रहेको छ । गाउँको अर्को विशेषता के भने गाउँका घरहरुमा ढोका हुँदैनन् । एजेन्सी ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.