साउदीमा ३५ नेपाली कामदार अलपत्र

  • २४३
  • बुधबार, २२ साउन २०७६

काठमाडौँ । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका ३५ जना नेपाली कामदार अलपत्र परेका छन् । विभिन्न जिल्लाका ३५ जना नेपाली युवा तीन महिनादेखि कामविहीन भई साउदीको राजधानी रियादमा अलपत्र परेका हुन् ।

रियादमा अलपत्र परेपछि उनीहरु नेपाली दूतावास परिसरको सेल्टरमा बसिरहेका छन् । कम्पनीले उपयुक्त वास नदिएपछि उनीहरु एक सातादेखि दूतावासको शरणमा आएका हुन् । दूतावासमा बस्ने उपयुक्त ठाउँसमेत छैन ।

दूतावासले उनीहरुलाई गाडी पार्किङ गर्ने ठाउँमा राखेको छ भने खाना बाहिरबाट ल्याएर खुवाइरहेको जनाइएको छ ।

उनीहरुलाई काठमाडौंस्थित जेबीआर म्यानपावर कम्पनीले फर्निचरको कामका लागि पठाएको थियो ।

नेपाली दूतावासले म्यानपावर कम्पनी र रोजगारदातासँग समन्वय गरी पीडितको उद्धार प्रक्रिया थालिसकेको जनाएको छ ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.