काठमाडौं । कोपा अमेरिका २०२४ मा क्यानडाले दश खेलाडीमा समेटिएको पेरुलाई १-० ले पराजित गरेको छ ।
पहिलो पटक कोपा अमेरिका फुटबलमा सहभागी भएको क्यानडाको यो पहिलो जित समेत हो । यसअघि पहिलो खेलमा क्यानडा साविक विजेता अर्जेन्टिनासँग पराजित भएको थियो ।
कान्सास सिटीमा भएको खेलमा क्यानडालाई जित दिलाउन जोनाथन डेभिडले ७४औं मिनेटमा एक गोल गरे ।
त्यसअघि ५९औं मिनेटमा मिगुएल अराउजोले रातो कार्ड पाउँदा पेरु दश खेलाडीमा समेटिएको थियो ।
जितपछि क्यानडा दुई खेलबाट ३ अंक जोड्दै समूह ए को दोस्रो स्थानमा छ ।