लगातार ४१ घण्टा नाचेर नेपालका दिदीबहिनीले लेखाए गिनिज बुकमा आफ्नो नाम

  • २३९
  • शुक्रबार, २४ साउन २०७६

काठमाडौँ । लगातार ४१ घण्टा नाचेर नेपालका दिदीबहिनीले गिनिज बुकमा नाम लेखाएका छन् ।

४१ घण्टा ५ मिनेट लगातार युगल डान्स गरेर रुबिसा श्रेष्ठ र एलिसा श्रेष्ठले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड २०१९’ मा आफ्नो नाम राख्न सफल भएका हुन् ।

बुधबार गिनिज बुक अफ वल्र्ड रेकर्डले आफ्नो औपचारिक मेलमार्फत श्रेष्ठ दिदीबहिनीलाई लामो समय निरन्तर युगल डान्स गरेर विश्व कीर्तिमानी राखेको सर्टिफिकेट पठाएको थियो ।

चन्द्रागिरी नगरपालिका १९ वर्षीया रुबिसा र १७ वर्षीया एलिसाले गत जेठमा स्वयम्भूस्थित क्वालिटी क्याफे एन्ड बैंकेटमा विश्व कीर्तिमानीको लागि युगल डान्स गरेका थिए ।

यसअघि सन् २०१४ मा अमेरिकाका वाइका ब्रिट र जेनिफर ग्रिसवोल्डको जोडीले लगातार ३८ घण्टा ३० मिनेट डान्स गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएका थिए ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.