भक्तपुरको सिपाडोलमा व्यावसायिक कालिज पालन शुरु

  • ३१०
  • आइतबार, २६ साउन २०७६

भक्तपुर । कालिज, यो नाम सुन्दै तपाईलाई गाँउ घरको जंगलमा पाइने एउटा पंक्षीको याद आउँछ । तपाईले कालिज नेपालको धेरै जंगलहरुमा देख्नु पनि भएको होला । तर सरकारले ल्याएको नयाँ कानुनसँगै शहर बजारमा समेत यसको ब्यवसायिक उत्पादन गर्न थालिएको छ ।

कालिजको ब्यवासायिक उत्पादन भक्तपुरको सिपाडोलमा जिल्लामै पहिलो पटक शुरु गरिएको छ । सूर्यबिनायक नगरपालिका–८ सिपाडोलमा कल्पित वाइल्ड लाइफ एग्रो सेन्टरले पहिलो पटक सरकारबाट स्वीकृति लिएर कालिजको व्यावसायिक पालन शुरु गरेको हो ।

११ वर्ष कतारमा रोजगारीको सिलसिलामा बसेर आएका सेन्टरका सञ्चालक तथा प्रोपाइटर आशिष उपाध्यायले शुरुमा होटल व्यवसाय गरेता पनि हाल आएर पिताका सल्लाह र अन्य दुई साथिको सहकार्यमा कालिज उत्पादन गर्न थालेको बताए । उनले हाललाई ३०० ‘रिङ नेक’ जातको कालिज पालिएको बताए । यूरोपबाट ल्याएका ४ हजार अण्डा ल्याई ह्याचारीमा उत्पादन गर्न दिइएको र चल्ला उत्पादनपछि यहाँ ४ हजार भन्दा बढी हुने उनले जानकारी दिए ।

८ रोपनी जग्गा भाडा र २ रोपनी जग्गा आफ्नै गरी १० रोपनी क्षेत्रफलको जग्गामा हाल करीब १५ लाख लगानीमा कालिजपालन व्यवसाय शुरु गरिएको उक्त कालिज उत्पादन जेठदेखि शुरु गरिएको कालिज मंसिरमा खानयोग्य हुने जानकारी दिए । करीब ६ महीना पालेपछि मात्र कालिज खानलाई योग्य हुने समेत उनले जानकारी दिए ।

एक दिने चल्लालाई प्रति गोटा २ हजार रुपैयाँमा खरिद गरेर ल्याइएको कालिज बजारसम्म पुग्दा ३ हजार ५ सय देखि ४ हजारसम्ममा बिक्री गर्न सकिने आशिषले जानकारी दिए ।

भक्तपुरमा पनि यसको व्यावसायिक व्यवसाय गर्न सकिन्छ भनेर यो व्यवसायमा लागेको आशिषले बताए । कालिज सामान्य कुखुराको जस्तै प्रोटिन बढी भएको दाना खाने गर्दछन । दैनिक तीन पटक दाना र दुई पटक पानी खुवाउने गरिन्छ ।

यो नयाँ व्यावसायिक व्यवसाय सञ्चालनले नयाँ किसानहरुको लागि उत्प्रेरक भूमिका खेल्नेछ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.