क्यानडाको म्यानिटोबा जहाँ हरेक वर्ष झण्डै ७० हजार सर्प जम्मा हुन्छन्

  • २२६
  • आइतबार, २६ साउन २०७६

काठमाडौँ । प्रकृति साँच्चिकै आश्चर्यजनक छ । यसको एउटा आश्चर्य हेर्न क्यानडाको म्यानिटोबा जानुपर्दछ । जहाँ हरेक वर्ष झण्डै ७० हजार सर्प जम्मा हुन्छन् ।

हजारौं सर्पहरु एकठाउँमा जम्मा हुने यो कार्यलाई मानिसहरु सर्पको मेला पनि भन्दछन् । यसरी बर्सेनि ७० हजार सर्पहरु उक्त ठाउँमा जम्मा हुनुको खास कारण छ ।

वास्तवमा प्रजननका लागि हजारौँ भाले र पोथी सर्पहरु सो ठाउँमा जम्मा हुने गरेका हुन् ।

त्यहाँ विभिन्न प्रजातिका सर्पहरु रहेका छन् । सर्पको मेला हेर्नका लागि मान्छेहरुको पनि ठूलै भीड जम्मा हुन्छ । फेब्रुअरी महिनामा त्यसरी हजारौं सर्पहरु उक्त ठाउँमा प्रजननका लागि भेला हुने गरेका हुन्छन् । क्यानडाको वन्यजन्तु विभागले उक्त सर्प प्रजनन क्षेत्रको संरक्षण गर्ने गरेको छ ।

नार्सिस स्नेक डेन्स क्षेत्रको नामले चर्चित उक्त ठाउँ आफैंमा अद्भूत छ । गर्मी महिनामा हजारौं सर्पका नयाँ बच्चाहरु बाहिर निस्किन्छन् । ७० हजारभन्दा धेरै सर्पहरु जम्मा हुने सो ठाउँमा प्रजनन प्रक्रियाका क्रममा बर्सेनि केही हजार सर्पहरुको त मृत्यु नै हुने गरेको छ । एजेन्सी ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.