डी बिक रियलका लागि उपयुक्त छन्ः डी योङ

  • २४६
  • सोमबार, २७ साउन २०७६

एजेन्सी । बार्सिलोनाका मिडफिल्डर डी योङले पूर्व टिमका सहकर्मी डोनी भान डी बिक स्पेनिस क्लब रियल मड्रिडमा भए उत्कृष्ट हुने बताएका छन् । भर्खरै आयाक्सबाट बार्सिलोना आएका डी योङले २२ वर्षीय मिडफिल्डर डी बिक रियलमा आए राम्रो हुने तर यो सिजन उनीसँग प्रतिस्पर्धा गर्न नचाहेको पनि बताए ।

रियलले हाल क्लबमा राम्रो मिडफिल्डर खोजिरहेको छ । जसका लागि डी बिक उपयुक्त रहने डी योङले बताए । “मलाई यो कुरामा शंका छैन उनी रियलमा उत्कृष्ट प्रदर्शन गर्न सक्दैनन् । उनले आफ्नो क्षमता गएको सिजन च्याम्पियन्स लिगको नकआउट चरणमा देखाइसकेका छन् । उनले आफू र आफ्नो क्षमता पूरै युरोप र विश्वमा देखाई सकेका छन्,” डी योङले भने ।

डी बिक मड्रिडमा जाने अथवा आयाक्समा रहने कुरा हेर्न बाँकी नै छ । ला लिगा अथवा ठूलो क्लबमा जानुअघि उनी आयाक्समा एक सिजन रहन पनि सक्छन् ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.