सगुनले ल्यायो सगुन लाइट

  • १४८
  • मंगलवार, २८ साउन २०७६

काठमाडौं । नेपालीहरूले निर्माण गरेको सगुनले नेपाली प्रयोगकर्ताहरुलाई विशेष लक्षित गरेर आफ्नो परिचय नखुलाई प्रयोग गर्न मिल्ने सामाजिक एप सगुन लाइट सुरुवात गरेको छ । यसले प्रयोगकर्ताहरूलाई आफ्ना विचारको आधारमा कसैले धारणा बनाउन नसकोस् भन्ने निश्चिन्तताका साथ विचारहरू अभिव्यक्त गर्ने स्वतन्त्रता प्रदान गर्ने कम्पनीको भनाइ छ ।

सगुन लाइटको प्रयोग गरी खुला रूपमा आफ्ना व्यक्तिगत विचार तथा अनुभवको साथै आफ्ना वरपर भइरहेका घटनाहरु, राजनीति, कानून, न्याय, धर्म जस्ता सार्वजनिक सरोकारका विषयहरूमा अभिव्यक्ति संप्रेसण गर्न सकिन्छ । यसले नेपालका लागि छुट्टै विषयहरु छनोट गरेको छ। नेपालका प्रयोगकर्ताहरूले आफ्ना रुचिअनुसारका विषयहरूमा जानकारी लिन तथा आफ्ना रुचिका विषयमा विचारहरू व्यक्त गर्न तथा समुदाय पनि निर्माण गर्न सकिने व्यवस्था मिलाइएको छ।

फेब्रुअरी २०१९ देखि यस एपलाई प्रयोगकर्ता तथा अन्य शुभचिन्तकहरूमाझ निरन्तर बेटा परीक्षण गरिएको थियो । ६४ देशका २५१ सहरका प्रयोगकर्ताहरूले आफ्नो रूचिका विभिन्न विषयमा विचारहरू रंगीन पृष्ठभूमिमा शब्द, तस्विर तथा भीडियो मार्फत् दैनिक रूपमा संप्रेसण गर्दै आइरहेको कम्पनीले जनाएको छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.