भक्तपुर प्रहरीद्वारा सिपाडोलको ठूलोगाउँमा गाँजा फडानी

  • २१७
  • बुधबार, २९ साउन २०७६

भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले घरेलु मदिरा तथा गाँजा फडानी गर्ने अभियानलाई तिब्रता दिएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त जगातीले मंगलबार सुर्यविनायक नगरपालिका–८ सिपाडोलको ठूलोगाउँमा भएको अबैध गाँजालाई फडानी गर्नुका साथै नष्ट समेत गरेको हो ।

सार्वजनिक स्थानमा प्राकृतिक रुपमा आफै उम्रेका अन्दाजी १४ हजार गाँजाका बोटहरु फडानी गर्नुका साथै नष्ट गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सुचना अधिकृत प्रहरी नायव उपरीक्षक(डिएसपी) रेबति रमण पोखरेलले जानकारी दिए ।

यसैगरी सोही स्थानबाट ६० लिटर घरेलु मदिरा समेत नियन्त्रणमा लिई स्थानीयको रोहबरमा नष्ट गरिएको उनले बताए ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.