नेपाल विद्युत् प्राधिकरणको गत आवमा १४९ प्रतिशतले बढ्यो

  • १५९
  • बुधबार, २९ साउन २०७६

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा १४९ प्रतिशतले नाफा बढाएको समाचार आजको गोरखापत्रले पहिलो पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, आर्थिक वर्ष २०७५/७६ मा प्राधिकरणले खुद मुनाफा सात अर्ब २० करोड रुपियाँ पुर्‍याएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जानकारी दिए ।

आर्थिक वर्ष २०७४/७५ मा प्राधिकरणको नाफा दुई अर्ब ८९ करोड ७० लाख रुपियाँ थियो । निरन्तर घाटामा रहँदै आएको प्राधिकरण आर्थिक वर्ष २०७२/७३ मा आठ अर्ब ८९ करोड रुपियाँ घाटामा थियो । त्यसपछिका वर्षमा भने प्राधिकरण निरन्तर नाफामा रहँदै आएको छ ।

प्राधिकरणले आव २०७३/७४ मा एक अर्ब ५० करोड रुपियाँ नाफा गरेको थियो ।विद्युत् चुहावटमा आएको उल्लेख्य कमी, विद्युत् उत्पादनमा वृद्धि, व्यवस्थापनमा निरन्तर सुधार लगायतका कारण नाफा प्रभावकारी रूपमा वृद्धि भएको प्राधिकरणले स्पष्ट पारेको छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.