काठमाडौं । मुलुकको व्यापार घाटा धान्नै नसक्ने गरी बढेका बेला सुनमात्रै सो ३४ अर्बको आयात भएको समाचार आजको नागरिकले पहिलो पृष्ठमा छापेको छ ।
समाचारमा लेखिएको छ, उच्च व्यापार घाटाले अर्थतन्त्रमा समस्या पार्ने संकेत देखिएकाले विलासी वस्तु सुन आयात घटाउन सरकारले उपाय खोज्नुपर्ने देखिएको छ ।
अर्थशास्त्रीहरु पनि व्यापार घाटा कम गर्न तत्कालका लागि विलासी वस्तु आयात कम गर्ने नीति अख्तियार गर्न सुझाव दिन्छन् ।
भन्सार विभागका अनुसार आव ०७५/७६ मा ३४ अर्ब ६१ करोड ६५ लाख रुपैयाँको सात हजार चार सय ९३ किलो सुन आयात भएको छ ।