काठमाडौँ । कांग्रेसले स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेका १ हजार २ सय स्थानीय नेता तथा कार्यकर्तालाई कारबाही गर्ने भएको समाचार आजको कान्तिपुरले तेस्रो पृष्ठमा छापेको छ ।
समाचारमा लेखिएको छ, केन्द्रीय सदस्य भीष्म आङदेम्बेको नेतृत्वमा गठित अनुशासन समितिले आरोपित सबैलाई स्पष्टीकरण सोध्ने प्रक्रिया अघि बढाएको छ ।
केन्द्रीय कार्यसमिति बैठकमा बुधबार प्रस्तुत अनुशासन समितिको कार्य प्रगतिसम्बन्धी प्रतिवेदन पारित गरेपछि कारबाही प्रक्रिया अघि बढ्नेछ ।
समितिले पत्र काटेको ३५ दिनभित्र अनुशासन समितिमा स्पष्टीकरण दिनुपर्नेछ ।