२ घण्टासम्म बरफको बाकसमा बसेर विश्व कीर्तिमान

  • १२०
  • आइतबार, १ भाद्र २०७६

काठमाडौँ । के तपाईं कहिल्यै बरफले भरिएको बाकसमा बस्नुभएको छ ? सायद बरफको चिसो बाकसभित्र बस्ने कुराको कल्पना पनि गर्न नसकिएला ।

तर अष्ट्रियाका एकजना व्यक्ति भने २ घण्टासम्म बरफ राखिएको बाकसमा बसेर विश्व कीर्तिमान कायम गरेका छन् ।

जोसेफ कोएलबर्गले शनिवार यो कीर्तिमान बनाएका हुन् । बरफले भरिएको एउटा ठूलो पारदर्शी बाकसभित्र दुई घण्टा ८ मिनेट ४७ सेकेण्ड बिताएर उनले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका छन् ।

राजधानी भियनामा आयोजित एक कार्यक्रममा उनले यो कीर्तिमान कायम गरे ।

उनी बरफका टुक्राले लगभग भरिएको बाकसमा बसे र उनको काँधसम्मै बरफ भरियो । त्यसक्रममा उनले केवल स्वीमसूट मात्र लगाएका थिए ।

चिसो बरफमा केही समय पनि बिताउन गाह्रो हुन्छ । तर उनले दुई घण्टाभन्दा धेरै समय बिताए ।

यसअघि बरफको बाकसमा समय बिताउने कीर्तिमान चीनका जिन सोंगहाओको नाममा थियो । सन् २०१४ मा उनले ५३ मिनेट १० सेकेण्डसम्म बरफलको बाकसभित्र बसेर विश्व रेकर्ड बनाएका थिए । तर अष्ट्रियन जोसेफ कोएबर्लले उनको रेकर्ड भंग गरे ।

२ घण्टा भन्दा धेरै समय बरफको बाकसमा बसेर निस्किएसँगै डाक्टरहरुले उनको स्वास्थ्य परीक्षण गरे । आश्चर्यजनक रुपमा उनको सरीरमा चिसोले कुनै असर पारेको थिएन र उनी पूर्ण रुपमा स्वस्थ थिए ।

आफू अझै लामो समयसम्म बरफको बाकसमा बस्ने सक्ने भए पनि पूरानो रेकर्ड भंग भएको हुँदा आवश्यकता नपरेको बताए । एजेन्सी ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.