कपिलवस्तुमा गुडिरहेको बसको ढोकाबाट खसेर एक युवकको मृत्यु

  • १७०
  • बुधबार, ४ भाद्र २०७६

काठमाडौँ । कपिलवस्तुको कपिलवस्तु नगरपालिका–१ गौरी चोकमा मंगलबार राति गुडिरहेको बसको ढोकाबाट खसेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका १ शिवमन्दिरका २४ वर्षीय सुजित बर्मा रहेको प्रहरीले जनाएको छ ।

राति ८ बजे जीतपुरबाट तौलिहवातर्फ जाँदै गरेको ग १ ख ६२३७ नम्बरको बसको ढोकामा उभिएका उनी ढोकाबाट खसेका थिए । बर्माको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यालय तौलिहवाले जानकारी दिएको छ ।

दुर्घटनामा संलग्न बस सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.