दुनियाँकै सबैभन्दा ठूलो भ्यागुता ,जसको तौल ३ किलोभन्दा बढि छ !

  • २००
  • बुधबार, ४ भाद्र २०७६

काठमाडौँ । एउटा भ्यागुता कतिसम्म ठूलो होला ? अफ्रिकामा दुनियाँकै सबैभन्दा ठूलो भ्यागुता छ, जसको तौल ३ किलोभन्दा ठूलो छ ।

गोलियथ प्रजातिको उक्त भ्यागुताका बारेमा बर्लिनस्थित नेचुरल हिस्ट्री म्युजियमले गरेको अनुसन्धानले केही अनौठा तथ्यको खुलासा गरेको छ ।

शोधकर्ताका अनुसार यो भ्यागुताले आफू बस्नका लागि आफैं नै सानो पोखरीको निर्माण गर्ने गर्दछ । कहिलेकाहीँ त आफ्नो लागि कुवा बनाउन यो भ्यागुताले दुई किलोभन्दा धेरै वजन भएका ढुंगाहरु पनि खनेर फ्याँक्ने गर्दछ ।

यो भ्यागुताको वजन ३ किलो ३ सय ग्राम छ भने यसको लम्बाइ ३४ सेन्टिमिटर अर्थात् १३ इन्चसम्म हुन्छ ।

यो भ्यागुता भीमकाय त हुन्छ नै, आफ्नो सन्तानको हेरचाह पनि निकै विशेष तरिकाले गर्दछ । यो भ्यागुता जुन कुवामा बस्दछ त्यसमा जन्माएका बच्चाको सुरक्षाका लागि पानीमा फिँज निकालेर राख्दछ ताकि उक्त फिँजमा अन्य जनावरहरु नआउन् ।

गोलियथ प्रजातिको यो भ्यागुता अफ्रिकी देश क्यामरुन तथा इक्विटेरियल गिनीलगायतका देशमा पाइन्छ । साथै दक्षिण अफ्रिकाको एम्पुला नदीको किनारामा पनि यो प्रजातिको भ्यागुता पाइन्छ । शोधकर्ताहरुले यो भ्यागुताका अण्डा रहेका विभिन्न २२ ठाउँ पत्ता लगाएका छन् । कतिपय ठाउँमा करिब २८ सय अण्डा पाइएका छन् । एजेन्सी ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.