इटलीको सर्डिनिया टापु जहाँबाट बालुवा लगेमा ६ वर्षको जेल हुन सक्ने

  • ११३
  • बिहीवार, ५ भाद्र २०७६

काठमाडौँ । छुट्टी मनाउन राम्रो ठाउँ जाँदा सबैलाई सो क्षण र स्थानको यादका रुपमा त्यहाँबाट केही लैजाने चाहाना हुन्छ । तर फ्रान्सका एक जोडीले यसरी नै इटलीको सर्डिनिया ‘बिच’ अर्थात समुद्र किनारबाट छुट्टी मनाएर फर्किँदा त्यहाँको बालुवा उठाएर घर लैजाने प्रयास गरेपछि तिनलाई ६ वर्षसम्मको जेल सजायँ हुन सक्ने बताइएको छ । उनीहरुका अनुसार त्यसरी बालुवा लैजादै गर्दा उनीहरुलाई आफूले अपराध गरिरहेको भन्ने केही थाहा थिएन ।

वास्तवमा इटलीको उक्त टापुको सेतो बालुवा संरक्षित सम्पदामा पर्दछ र पर्यटकहरुले त्यसलाई लैजान खोजेमा भारी जरिवाना तिर्नुपर्ने वा जेल समेत हुन सक्ने कानुन रहेको छ । यस्तोमा पुलिसले उनीहरु दक्षिण फ्रान्सस्थित टोउलोन जाने तयारीमा रहँदा नियमित चेकजाँच गर्ने क्रममा बालुवा फेला पारेका हुन् । उनीहरुले तिनको कारको झ्यालबाटै एउटा बोतलमा बालुवा भरेर राखिएको देखेका थिए जसपछि तुरुन्तै दुवैजनालाई पक्राउ गरिएको संचार माध्यम सिएनएनले जनाएको छ । यसरी उनीहरुसँग १४ वटा बोतलमा ४० किलो बराबर सेतो बालुवा बरामद भएको पुलिसले जानकारी दिएको छ ।

चोरीको आरोपमा अदालत पुर्याइएको सो जोडीलाई अहिले ३,३०० डलर बराबरको जरिवानादेखि ६ वर्षसम्मको जेल हुन सक्ने बताइएको छ । पुलिसका अनुसार उनीहरुले बारम्बार आफूलाई सो कानुनबारे केही थाहा नभएकाले गलती हुन पुगेको बताइरहेका छन् । तरपनि त्यहाँ ठाउँठाउँमा विभिन्न भाषामा यसबारे जानकारी गराइएको चाहिँ देखेको स्वीकार गरेका हुन् ।

पुलिसका अनुसार सो बिचमा ढुङ्गा र बालुवा चोरीका घटना सामान्य भइसकेको छ किनकी यसैका लागि इन्टरनेटमा अवैध बजार सञ्चालन गरिएको छ । । यसरी अहिले सर्डिनियाका वासिन्दाहरुले पनि पर्यटकले बालुवा लगायत सम्पदा चोरी गरेकाप्रति आक्रोश व्यक्त गरिरहेका छन् । सो क्षेत्रको वातावरण अत्यन्तै संवेदनशील भएकाले नै यसप्रति गम्भीर ध्यान दिइने गरिएको छ । बालुवा चोरी गर्नेहरुलाई प्रायः विमानस्थलमा फेला पार्ने गरिएको छ । पछिल्लो २० वर्षमा पुलिसले उक्त बिचबाट मानिसहरुले टिपेर ल्याउने गरेका सयौँ टन वस्तुहरु बरामद गरेका छन् । एजेन्सी ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.