वैदेशिक रोजगारीका लागि साउदीमा पुगेका १५ जना नेपालीहरु अलपत्र

  • ९७
  • बुधबार, ११ भाद्र २०७६


काठमाडौं | वैदेशिक रोजगारीका लागि साउदी अरबको रिहादमा पुगेका १५ जना नेपालीहरु अलपत्र परेका छन् ।

काठमाडौंको सामाखुसीमा रहेको अल्फारुक ओभरसिस म्यानपावर कम्पनीबाट २ महिना अघि साउदी पुगेका उनीहरु काम नपाएपछि उतै अलपत्र परेका हुन् ।

पीडित पक्षले म्यानपावर कम्पनीले धम्की दिने गरेको आरोप लगाएका छन् ।

यता, म्यानपावर कम्पनीले भने दिएको काम नगरेको भन्दै पीडितका विरुद्ध विभागमा उजुरी दिएको छ ।

पीडितहरु मध्ये २ जना बिरामी परेका छन् । उनीहरुलाई गैरआवासीय नेपालीले रकम जम्मा गरी खानाको ब्यवस्था गरेका छन् ।

वैदेशिक विभागले छानविन गरेर सत्यतथ्य सार्वजनिक गर्ने बताएको छ ।

अलपत्र नेपालीहरुले आफन्त र म्यानपावर कम्पनीलाई आफूहरुलाई नेपाल झिकाउन माग गरिरहेका छन् ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.