दूरसञ्चार प्राधिकरणले अनुमतिबिना इन्टरनेट सेवा प्रदान गरेको तनहुँको युनिक डिजिटल नेटवर्कमा सिलबन्दी

  • १०१
  • बुधबार, ११ भाद्र २०७६

काठमाडौं | नियामक नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिबिना इन्टरनेट सेवा प्रदान गर्दै आएको तनहुँको युनिक डिजिटल नेटवर्क प्रा.लि.मा सिलबन्दी गरेको हो ।

उक्त कम्पनीले अवैध रुपमा इन्टरनेट प्रदान गर्दै आएको सूचनाको आधारमा प्राधिकरणको टोलीले अनुगमन गरी सिलबन्दी गरेको निर्देशक विजय रोयले जानकारी दिए ।

उनका अनुसार कम्पनीले करिब सात सय ग्राहकलाई सेवा प्रदान गर्दै आएको थियो ।

इन्टरनेट सेवा उपलब्ध गराउन चाहने प्रदायकले प्राधिकरणबाट अनिवार्य रुपमा अनुमति लिनुपर्ने कानुनी प्रावधान छ तर डिजिटल नेटवर्कले कानुनको उक्त प्रावधानविपरित फाइबरमार्फत आफ्नै किसिमले बजार विस्तार गरेको पाइएको रोयले जानकारी दिए ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.