काठमाडौंः अढाई दशकदेखि योजना बन्दै थन्किँदै गरेको संघीय संसद् भवनको निर्माण बल्ल सुरु भएको समाचार आजको कान्तिपुरले तेस्रो पृष्ठमा छापेको छ ।
समाचारमा लेखिएको छ, सिंहदरबारस्थित पुतली बगैंचामा बुधबार प्रधानमन्त्री केपी ओलीले भवन निर्माणको शिलान्यास गरेका हुन् ।
तत्कालीन सरकारले २०५५ मा भवन निर्माणको निर्णय गरे पनि प्रक्रिया अघि बढ्न सकेको थिएन । २०६४ देखि बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई संसद् भवनका रूपमा प्रयोग गरिँदै आएको छ ।
सरकारले संसद् सञ्चालनका लागि केन्द्रलाई बर्सेनि १५ करोड भाडा तिर्दै आएको छ । दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभा रहने नयाँ भवन ‘स्टेट अफ आर्ट’ को एउटा नमुना हुनेछ ।