डेंगुसँगै स्क्रबटाइफस बढ्यो

  • १११
  • बिहीवार, २ आश्विन २०७६


काठमाडौंः पछिल्लो समयमा डेंगुका साथै स्क्रबटाइफसले पनि मानिस बिरामी पर्न थालेको समाचार आजको गोरखापत्रले तेस्रो पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा। शेरबहादुर पुनले स्क्रबटाइफसका कारण ज्वरो आएका बिरामीको संख्या बढ्दो क्रममा रहेको बताए ।

उनका अनुसार अहिले औसतमा दैनिक आठ नौ जना स्क्रबटाइफसका बिरामी भेटिने गरेका छन् । डा। पुनले भने, ‘डेंगुको आशंकामा उपचार गर्न आएकाहरूको जाँच गर्दा स्क्रबटाइफसको सङ्क्रमण देखिएको  ।’

उनका अनुसार डेंगुका नयाँ बिरामीको फाटफुटबाहेक नियन्त्रण नै भइसकेको छ । डेंगुका पुराना बिरामी फलोअपमा आउने क्रम भने बढिरहेको उनको भनाइ छ ।

। डा। पुनले स्क्रबटाइफसको छुट्टै परीक्षण टेकु अस्पतालबाहेक अन्य अस्पतालमा खासै नगर्ने गरेको बताए । उनले पछिल्ला दिनमा यसको संक्रमण बढेकाले सबै अस्पतालले पनि डेंगुसँगै स्क्रबटाइफसको पनि परीक्षणमा लाग्नु पर्ने बताए ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.