ट्याक्सीमाण्डु सञ्चालनमा

  • १८१
  • शुक्रबार, २७ मंसिर २०७६

काठमाडौं । पछिल्लो समय टेक्नोलोजीले फड्को मारेको छ । मानिसका हरेक काम टेक्नोलोजीले सहज बनाइदिएको छ । चाहे सपिङ गर्न होस् या अरु कुनै पनि कारोबार गर्न होस् विभिन्न एपहरुले त्यसलाई सजिलो गरिदिएको छ । त्यसको उदाहरणका रुपमा अनलाइन सपिङ र ईसेवालाई लिन सकिन्छ ।

पछिल्लो समय यात्रु्हरुको सहजताका लागि पनि विभिन्न एपहरु सञ्चालनमा आएका छन् । जसले मानिसको दैनिक यात्रालाई सहज बनाएको छ । यस्तै एपहरुको भिडमा एउटा नयाँ एप सार्वजनिक गरिएको छ, ट्याक्सीमाण्डु । ‘फील सेफ राइड अन टाइम’ स्लोगनकासाथ सञ्चालनमा ल्याइएको यो एप परम्परागत ट्याक्सी व्यवसायमा प्रविधिको प्रयोग गरी सहज रुपमा ट्याक्सी चालक र यात्रुबीच समन्वय गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो ।

यो एपले ग्राहक खोज्दै भौतारिनुपर्ने ट्याक्सी चालकहरुको समस्याको सामाधान हुने विश्वास गरिएको छ । त्यस्तै यात्रुहरुले पनि ट्याक्सी खोज्न सडकमै भौतारिनुपर्ने समस्याको यसले अन्त्य गर्नेछ । यात्रुहरुले अब आफूले चाहेको स्थानबाटै ट्याक्सी बुक गर्न सक्नेछन् ।

यसकालागि ट्याक्सी चालक र यात्रुहरुका लागि छुट्टा छुट्टै एप संचालनमा ल्याइएको छ । चालकले आफ्नो मोबाइलको गुगल प्ले स्टोर वा एप स्टोरमा गएर ट्याक्सीमाण्डु ड्राइभर र यात्रुले ट्याक्सीमाण्डु प्यासेन्जर नामक एप डाउनलोड गर्नु पर्नेछ ।

त्यस्तै भिजिट नेपाल २०२० का लागि पनि ट्याक्सीमाण्डु एपले पूर्णरुपमा सहयोग पुग्ने सञ्चालकले बताएका छन् । उपत्यका आउने अधिकांश स्वदेशी तथा विदेशी पर्यटकले ट्याक्सीको प्रयोग गर्ने भएकाले त्यसका लागि ट्याक्सीमाण्डु भरपर्दो माध्यम बन्ने एपका सञ्चालक स्वीटी टि। खत्रीले जानकारी दिए ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.