प्रियंका भन्छिन्-‘यो बर्ष मेरो बिहे हुँदैन’

  • २४७
  • शुक्रबार, २७ मंसिर २०७६

काठमाडौँ । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले इन्गेजमेन्ट गरेको लामै समय भैसकेको छ । यी दुइको इन्गेजमेन्टपछि नेपाली चलचित्र क्षेत्रका २ जना नायिका बैबाहिक बन्धनमा बाँधिसकेका छन् । तर, प्रियंकाको भने बिहेको सुरसार नै छैन ।

असार महिनामा नै प्रियंका र आयुष्मानको बिहे हुने चर्चा थियो । तर, असारमा बिहे हुन नसकेपछि अब कहिले यो जोडी बैबाहिक जीवनमा बाँधिने हो भन्ने चर्चा पनि चलचित्र बजारमा सुनिन्छ । नायिका ऋचा शर्माको बिहे पार्टीमा सहभागी हुन पुगेकी नायिका कार्कीले भनिन्–‘मेरो पनि चाडै नै हुन्छ । तर, म अहिले नै कहिले हुन्छ भनेर भन्न सक्दिनँ । यो बर्ष भने मेरो बिहे हुँदैन ।’

उनले बिहे नहुनुको कारणबारे भनिन्–‘मेरा धेरै जना आफन्त विदेशमा हुनुहुन्छ । यसैले पनि सबैको समय एकैचोटी नमिलेका कारण बिहे हुन नसकेको हो । सबैको साइत मिलेपछि बिहे गर्छु ।’

नायिका कार्की अहिले चलचित्र भन्दा वेव सिरिजको काममा बढी व्यस्त छिन् ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.