पीपीएल: काठमाडौंविरुद्ध चितवन ब्याटिङमा

  • १३१
  • मंगलवार, ८ पौष २०७६

पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी-ट्वान्टी क्रिकेटमा अहिले चितवन राइनोज र काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा हुँदैछ । पोखरा रंगशालामा काठमाडौंले टस जितेको छ र पहिले फिल्डिङ रोजेको छ । काठमाडौंले बलिङ गर्ने निर्णय गरेपछि चितवनले सुरुवातमा ब्याटिङ गर्ने भएको छ ।

चितवन राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काको नेतृत्वमा मैदान उत्रदा काठमाडौं वर्तमान कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदानमा छन् । यस खेल काठमाडौंका लागि निकै महत्वपूर्ण रहेको छ । प्रतियोगिताको प्ले अफमा स्थान बनाउन काठमाडौंलाई जित्नै पर्ने दबाब रहेको छ ।

चार खेलमा ४ अंक जोडेको काठमाडौं तालिकाको तेस्रो स्थानमा रहेको छ । जितले काठमाडौं प्ले अफमा पुग्नेछ । पराजित भए अन्य खेलको नतिजा कुर्नु पर्नेछ । चितवन भने प्ले अफ पुगिसकेको छ । तर, चितवन काठमाडौंलाई हराउँदै अपराजित रहेर फाइनल पुग्न चाहन्छ । चितवन चार खेलमा ८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

शीर्ष टोलीले सिधै फाइनल खेल्नेछ । दोस्रो र तेस्रो टिमले फाइनल प्रवेशको लागि इलिमिनेटर खेल्नेछ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.