ग्रहण दोष काट्न भजनकिर्तन, दान लिन आउनेको लर्को

  • १४०
  • बिहीवार, १० पौष २०७६

विराटनगर । सूर्यग्रहण सुरु भएसँगै विराटनगरमा दोष काट्ने विश्वास साथ घरघरमा भजनकीर्तन गर्न थालिएको छ ।

ग्रहणमा सुरु भएसँगै ग्रहण दान माग्न घर-घर पुग्नेहरूको समेत लर्को देखिन्थ्यो । ग्रहण दान माग्दै विराटनगरमा विभिन्न समूहमा मानिस घर–घर पुगेका थिए । उनीहरूलाई फलाम, अन्न, लत्ताकपडालगायत सामग्री दान दिइएको थियो ।

ग्रहण सुरु भएसँगै र सकिएपछि पनि दान गर्ने चलन छ । ग्रहणका कारण विराटनगर बजार सुनसान छ । मानिसहरूको चहल पहल देखिएको छैन ।

विराटनगर ७ की मीरा बस्नेतले आफूहरूले भजन समूहकै साथीभाई मिलेर ग्रहण अवधिभर भजनकिर्तन गर्न बसेको बताइन् । ‘‘ग्रहणमा भजनकिर्तन, ध्यान तप आदि गरे दोष कट्छ,’’ उनले भनिन् ।

टोलकै महिला समूहका कतिपय सदस्यहरूले समेत सामूहिक भजनकिर्तन गरिरहेको बस्नेतले बताइन् । विराटनगरको आकाश धुम्मिएको अँध्यारो देखिएको छ । बजारमा चहल-पहल तुलनात्मक घटेको छ । सवारी–साधन पनि फाट्टफुट्ट चलेका छन् ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.