आजबाट काठमाडौंका होर्डिङ बोर्ड हटाउन थालियो

  • १६७
  • शुक्रबार, ११ पौष २०७६


काठमाडौं । काठमाडौं महानगरपालिकाले जथाभावी राखिएका होर्डिङ बोर्ड आजबाट हटाउन सुरु गरेको छ । आज कोटेश्वरको तीनकुनेदेखि होर्डिङ बोर्ड हटाउन सुरु गरेको महानगरपालिकाले जनाएको छ ।

बिहीबार गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा बसेको बैठकले कार्यदल बनाएर तत्कालै होर्डिङ बोर्ड हटाउने निर्णय गरेको थियो । शहरको सौन्दर्य बिग्रेको जनगुनासोलाई ध्यानमा राख्दै यो अभियान सुरु गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

महानगरले २ साताअघि ७ दिने म्याद दिँदै बोर्डहरु हटाउन सम्बन्धित सबैलाई निर्देशन दिएको थियो । महानगरको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सडक, विद्युत प्राधिकरण, नेपाल टेलिकमको प्रतिनिधि रहने गरी कार्यदल बनाएर कार्यदललाई ४ वटामा विभाजित गरी काम सुरु गरिएको छ ।

काठमाडौंका होर्डिङ बोर्डहरु हटाउन सर्वोच्चले ४ वर्षअघि नै आदेश दिएको थियो । ०७२ भदौ १६ गते सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले महानगरभित्र होडिङ बोर्ड निषेध गरेको थियो ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.