अब मोबाइल एप्सबाटै औषधिको जानकारी

  • ११०
  • आइतबार, १३ पौष २०७६


काठमाडौं । नेपालमा धेरैजसो प्रयोग हुने औषधिबारे तयार पारिएको जानकारीमूलक मोबाइल एप्स पहिलोपटक सरकारी तवरबाट तयार गरिएको छ । औषधि व्यवस्था विभागले ती औषधिको सूचनामा आधारित मोबाइल एप्स तयार गरेको हो ।

एप्स लगइन गरेपछि औषधिको प्रयोग गर्न सकिने अवस्था, औषधिको प्रयोगबाट हुने नकारात्मक असर, औषधिका डोज, नेपालमा कुनकुन ब्रान्डका औषधि उपलब्ध रहेकोलगायतका विषयबारे जानकारी पाइनेछ ।

एप्समा संक्रमण, क्यान्सर, श्वासप्रश्वाससम्बन्धी समस्या भएका बेला, प्रजनन स्वास्थ्यसँग जोडिएका औषधिबारे जानकारी राखिएको विभागले जनाएको छ ।

चिकित्सकले बढी मात्रामा सिफारिस गर्ने विभिन्न जेनेरिकका ६ सय बढी प्रकृतिका औषधि एप्समा समावेश भएको जनाइएको छ ।

जसकारण औषधिहरू जनसुरक्षित, असरयुक्त, गुणयुक्त र सुलभ रूपमा उपलब्ध हुने विभागका प्रवक्ता सन्तोष केसीले बताए ।

उनले भने, ‘एप्सका कारण उपभोक्ताहरू ठगिनबाट जोगिन्छन् । र, चिकित्सक तथा सरोकारवाला पक्षले औषधिसँग सम्बन्धित सूचनाको स्रोतका रूपमा एप्सलाई प्रयोग गर्छन् ।’

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.