काठमाडौंको प्रदर्शनीमार्गबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका: १५ नेता/कार्यकर्ता पक्राउ

  • १३५
  • आइतबार, १३ पौष २०७६


काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका १५ नेता/कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार दिउँसो प्रदर्शनीमार्गमा विप्लव समूह निकट विद्यार्थी अखिल क्रान्तिकारीको आयोजनामा सीमा अतिक्रमणविरुद्ध गरिएको प्रदर्शनमा कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी नेकपाका पूर्व केन्द्रीय सदस्य मकर गुरुङसहित १५ नेता/कार्यकर्तालाई पक्राउ गरेको हो ।

कालापानी, लिपुलेकलगायतका भू-भागलाई भारतले आफ्नो नक्साभित्र पारेको विरोधमा प्रदर्शनको तयारी भइरहेको बेला प्रहरीले उनीहरुलाई पक्रेको हो । पक्राउ परेकाहरुलाई भ्यानमा राखेर पुलिस क्लबमा लगिएको छ।

सरकारले गत वर्ष फागुनमा विप्लव समूहका गतिविधिमा प्रतिबन्ध लगाएको थियो । त्यसयता उक्त समूहका सयौं नेता/कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.