नेकपा सचिवालय बैठक बस्दै

  • ६१
  • बिहीवार, १७ पौष २०७६

 

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्ने भएको छ । बैठकमा रिक्त सभामुखको पद र राष्ट्रियसभाको निर्वाचनका लागि पार्टीका उम्मेदवार चयन गर्ने बताइएको छ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजेका लागि बोलाइएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार पुस २० गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने दिन तोकिएको छ । राष्ट्रियसभाका रिक्त पदका लागि माघ ९ गते निर्वाचन हुँदैछ । रिक्त हुने १९ मध्ये १८ पदका लागि निर्वाचन हुने छ । एकजना भने राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ ।

त्यस्तै, सचिवालय बैठकमा सभामुखको उम्मेदवार बारे पनि छलफल हुनेछ ।

सभामुख कसलाई बनाउने भन्नेमा नेकपाभित्र तीव्र विवाद छ । प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पटकपटक छलफल भए पनि सभामुख कसलाई बनाउने भन्ने अहिलेसम्म सहमति हुन सकेको छैन् ।

नेकपाले सभामुखको उम्मेदवार चयन गर्न नसक्दा प्रतिनिधिसभाको बैठक समेत बस्न सकेको छैन् ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.